ad ad

समाज


नेपालमा सूर्य ग्रहण सुरु

नेपालमा सूर्य ग्रहण सुरु

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १६:४७, काठमाडौँ

नेपालमा सूर्य ग्रहण सुरु भएको छ।

मंगलबार अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा खण्डग्रास सूर्य ग्रहण सुरु भएको हो।

नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण क्रमसः पूर्वी भेगमा सर्दै जाने छ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर र जनकपुरमा ४ः५८ बजे देखिने छ। 

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

मंगलबार दिउँसो २ बजेर २० मिनेटमा आइसल्याण्डबाट सूर्य ग्रहण सुरु  भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .