ad ad

समाज


आज मौसम कस्तो छ, भोलि भाइटीकाको दिन कस्तो होला?

आज मौसम कस्तो छ, भोलि भाइटीकाको दिन कस्तो होला?

फाइल फाेटाे


नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ७:८, काठमाडौँ

हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यता सफा छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार  दिउँसो प्रदेश नं १,  बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसमविद् हीरा भट्टराईका अनुसार बिहान ६ बजेअघिको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस छ। अन्य स्थानको तापक्रम अपडेट आउन भने बाँकी छ। 

यसैबीच भोलि भाइटीकाको दिन पनि मौसम सामान्यतया सफा नै रहने उनले जानकारी दिए। 

महाशाखाको बुलेटिनअनुसार भोलि बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

‘तर यो वर्षा त्यस्तो ठूलो हुँदैन, फाटफुट मात्र हो’, मौसमविद् भट्टराईले भने। 

यस्तै भोलि (कात्तिक १० गते) राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती  र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .