ad ad

समाज


आज भाइटीकाका दिन मौसम कस्तो रहला? कतै पानी पर्ने सम्भावना छ कि?

आज भाइटीकाका दिन मौसम कस्तो रहला? कतै पानी पर्ने सम्भावना छ कि?

फाइल फाेटाे


नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार ९:११, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाकी मौसमविद् गंगा नगरेकोटीका अनुसार अहिले (बिहबिार बिहान ९ बजे) पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

‘अहिले पहाडी भेगमा आंशिक बदली छ, तर देशका धेरैजसो ठाउँमा मौसम सामान्यतया सफा नै छ’, मौसमविद् नगरकोटीले भनिन्। 

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी

प्रदेशका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार आज राति  देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसमविद् नगरकोटीका अनुसार बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले काठमाडौंमा पनि कतै पानी पर्न सक्छ तर यो सम्भावना निकै कम रहेको उनले जानकारी दिइन्। 

आज काठमाडौं उपत्यककाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ।  

याे पनिआज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .