ad ad

समाज


सिन्धुपाल्चोक बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

सिन्धुपाल्चोक बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:३२,

सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको हो। गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना दुर्घटनाको छानबिन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .