ad ad

खेल


पीपीएलमा चितवन राईनोजको विजयी सुरुवात

पीपीएलमा चितवन राईनोजको विजयी सुरुवात

नेपालखबर
पुस १, २०७६ मंगलबार ९:१६,

बाबर हायातको उत्कृष्ट प्रदर्शनसँगै चितवन राईनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलमा विजयी सुरुवात गरेको छ। पोखरा पल्टनले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो। 

जितसँगै चितवन अंकतालिकाको शिर्ष स्थानमा छ भने एक खेलमा जित र एकमा हार भोगेको पोखरा तेस्रो स्थानमा छ।

पहिलो ओभरमा नैै शुन्य रनमा अनिल शाहलाई गुमाएको चितवनका लागि रोहन मुस्तफाले ११ रन जोडे। हायात ६६ र सन्नी पटेल २२ रनमा नटआउट रहे। पाँचौ विकेटका लागि हायत र पटेलले ५० रनको साझेदारी गरे। ४२ बलको सामना गरेका हायातले ४ छक्का र ६ चौका प्रहार गरे। १८ बलको सामना गरेका पटेलले २ छक्का र १ चौका हाने। रोहन मुस्ताफाले ११ रनको योगदान दिए। कप्तान पारस खड्का ४ र आरिफ शेख १ रनमा पवेलियन फर्के। पोखराका लागि शरबजित लड्डा र रसिद खानले समान २ विकेट लिए।

त्यसअघि पोखरा रगंशालामा चितवनले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको घरेलु टोली पोखरा निर्धारित २० ओभरमा १ सय ७ रन जोड्दा अलआउट भयो। चितवनको कसिलो बलिङसामु गतवर्षको उपाधि विजेता पोखराका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

पोखराका लागि कप्तान शरद भेषावकरले ४५ रन जोडे बाहेक अन्यले गतिलो प्रर्दशन गर्न सकेनन्। ३९ बलको सामना गरेका भेषावकरले ३ छक्का र ३ चौका प्रहार गरे। कुशल मल्लले १३ रन जोडेको इनिङस्मा रसिद खान, रविइन्दर सिंह, आशिफ शेखले समान १० रन जोडे। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। ललित राजवंशी ३ रनमा नटआउट रहे।

चितवनका सन्नी पटेल, रोहन मुस्ताफा र भुवन कार्कीले समान २ विकेट लिए। बिक्रम सोब, कारण केसी र कप्तान पारस खड्काले समानले १ विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .