शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत) धन बहादुर वली २५ हजार घूस सहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट खटिएको टोलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस मागेका उनलाई रकम सहित नियन्त्रणमा लिएको हो।
वलीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले बताए। वली बिरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया