ad ad

समाज


उदयपुरमा जिप पल्टिँदा ३ को मृत्यु, ५ घाइते

उदयपुरमा जिप पल्टिँदा ३ को मृत्यु, ५ घाइते

नेपालखबर
पुस ३, २०७६ बिहिबार ५:५२,

उदयपुरमा आज (बिहीबार) बिहान बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरका अनुसार बिहान सवा ९ बजेतिर भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जिप जिल्लाको उदयपुरगढी गाउँपालिका ३, गोठटारमा पल्टिँदा तीन जनाको घटनास्थलमै भएको हो।

दुर्घटनामा स्थानीय (दुर्घटनास्थल भएकै वडाका) टिकनारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर मगरको मृत्यु भएको एसपी मगरले जानकारी दिए।

‘हाल मोरङ पथरी बस्ने श्रेष्ठ दाजुभाइ बोलेरो रिजर्भ गरेर आफन्त भेट्न उदयपुरगढी ३ आएका बेला दुर्घटना भएको हो,’ नेपालखबरसँग टेलिफोनमा उनले भने, ‘दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् तर सबैको विवरण आइसकेको छैन।’

घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई अन्य स्थानमा रिफर गरिएको छ भने दुई घाइतेको उपचार स्थानीय स्वास्थ्य चौकी (उदयपुरगढी) मा भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .