ad ad

समाज


अपडेट : बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी छात्राको मृत्यु

अपडेट : बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी छात्राको मृत्यु

नेपालखबर
पुस ७, २०७६ सोमबार ४:४०,

बसको ठक्करबाट घाइते चावहिलस्थित पशुपति क्याम्पसकी छात्रा सृष्टि पन्तको मृत्यु भएको छ।

बीबीएस चौथो वर्षमा अध्ययनरत गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्तको उपचारको क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको हो।

पन्तलाई सोमबार बिहान पौने ६ बजे मध्यपुर ठिमी यातायातको बा ७ ख ५९३० नम्बरको बसले सुकेधारामा ठक्कर दिएको थियो। सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको बताइएको छ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

‘बिहान पौने ६ बजे दुर्घटना भएको थियो, बिहान साढे नौ बजे उपचारको क्रममा उनको मृत्यु भयो,’ बोगटीले भने।

सहपाठीलाई गाडीले ठक्कर दिएको विरोधमा विहानैदेखि विद्यार्थीले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका छन्।

त्यसक्रममा विद्यार्थीले केही गाडीमा आगजनी र तोडफोडसमेत गरेका प्रहरीले जनाएकाे छ।

पन्तलाई सुकेधारामा गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन्।

‘छात्रालाई ठक्कर दिने गाडी र चालकलाई महाराजगञ्जबाट हामीले नियन्त्रणमा लिएका छौँ,’ बोगटीले नेपालखबरसँग भने, ‘अहिले चावहिल क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।’

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन्।

प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो। झडपमा परि केही विद्यार्थी र प्रहरी घाइते भएका छन्।

पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ।

सवारी साधनमा ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बसका गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलाई पक्राउ गरेको विद्यार्थीहरुले बताएका छन्।

यो पनि :
गाडीले छात्रालाई ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .