ad ad

समाज


डोल्पामा एमाले–माओवादी झडपका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

डोल्पामा एमाले–माओवादी झडपका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

तस्बिर : सरोज, दुनै


नेपालखबर
मंसिर २६, २०७९ सोमबार २१:१५, काठमाडौँ

डोल्पामा नेकपा (एमाले) र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका मध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 

दोहोरो झडपमा परेर गम्भीर घाइते चार जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको हो। 

सोमबार जगदुल्ला गाउँपालिका–३ को थापागाउँमा भएको झडपमा परेर ९ जना घाइते भएका थिए।

हेलिकप्टरबाट उद्धार गरिएका घाइतेहरुमा जगदुल्ला गाउँपालिका ३की ५० वर्षीया शान्तादेवी बोहोरा, वर्ष ४२ की जालपा बोहोरा, वर्ष ३६ का भद्रबहादुर बोहोरा र उनका छोरा वर्ष १२ का कृष्णजंग बोहोरा रहेका छन्। 

त्यसै गरि अन्य घाइतेमा ५९ वर्षका बिर्ख बोहोरा, वर्ष ५४ का गोरसिंह बोहोरा, वर्ष २१ का जगत बोहोरा, वर्ष १८ का लक्ष्मण बोहोरा र वर्ष १६ का पबिन्द्र बोहोरा रहेका छन्। 

सामान्य घाइते पाँच जनाको स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

‘कुरा सामान्य थियो तर बिना कारण एकै पटक माओवादी तिरका मान्छेहरुले हुलै आएर ढुङ्गा मुढा गरे। अनि हातै हालेर लछापछार पारे’ घाइते शान्तादेबी बोहोराले भनिन्, ‘छातीमा लात्तिले हाने। महिला मान्छे हुँ देखाउन सक्दिन पुरै छाती दुख्छ।’

एमाले र माओवादी पार्टीको विचार र राजनीतिक विषयमा बोलचाल नै बन्द रहेको अबस्थामा कुरा काटेको निहुँमा झगडा हुँदा दुवै पक्षबीच दोहोरो झडप भएको घाइते जालपा बोहोराका श्रीमान सुरेन्द्र बोहोराले बताए। महिलाहरुमाथि पुरुषहरुले हातपात गरेको पीडितहरुको आरोप छ।

घाइते सबैको अधिकांश टाउकोमा चोट लागेको छ भने महिलाहरुको छाती, शरीर अनि टाउकोमा धेरै चोट रहेको कुरुवा बिजय बोहोराले जानकारी दिए।

जिल्लामा उपचार नहुने भएपछि घाइतेको उपचारको लागि हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको हो। 

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच हानाहान, ९ घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .