ट्राफिक प्रहरीले वायु प्रदूषण गर्ने १४ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार कलंकीमा गरिएको विशषे चेकजाँचका क्रममा ट्राफिक प्रहरीले अत्याधिक कालो धुवाँ फाल्ने १४ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको जनाएको छ।
वातावरण विभागका प्राविधिकसहितको ट्राफिक प्रहरी टोलीले ४३ वटा सवारी साधनको चेकजाँच गरेको थियो।
नियन्त्रणमा लिइएका कागजपत्र सवारी साधन ठीक बनाएर जरिवाना तिरी फिर्ता लैजान सकिने प्रहरीले जनाएको छ।
36
Shares
प्रतिक्रिया