बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगन्ज सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका एक जनालाई नियन्त्रणमा लिएको छ।
भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने ३० वर्षीय राज कुमारलाई बारा स्थित बिओपी कबहिगोठले उक्त चरेशसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बीआर ०५ एभी ३०४२ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश लगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, बिलबुक र लाइसेन्ससमेत फेला पारेको हो।
बरामद चरेश तथा अन्य सामाग्रीसहित उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।
432
Shares
प्रतिक्रिया