ad ad

समाज


गृहमन्त्रीले आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएपछि (भिडिओ)

गृहमन्त्रीले आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएपछि (भिडिओ)

नेपालखबर
पुस २३, २०७९ शनिबार १६:५३, काठमाडौँ

गृहमन्त्री रवि लामिछाने शनिबार बिहान सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी भए। प्रधान कार्यालयको निरीक्षणपछि गृहमन्त्री लामिछाने सो कार्यक्रममा सहभागी भएका थिए। 

सशस्त्र प्रहरी बललाई निर्देशन दिने तालिकासहित कार्यक्रमस्थलमा गृहमन्त्री पुगेसँगै माहोल अर्कै बनेको थियो। 

मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू बसिरहेका थिए। गृहमन्त्री पुगेसँगै त्यहाँ उपस्थित उच्चपदस्तहरू सम्मानमा बसिरहेको ठाउँबाट उठे। ती उच्च पदस्तहरुलाई राखिएको कुर्सी र गृहमन्त्री लामिछानेलाई राखिएको कुर्सी फरक फरक थियो। 

आफू बस्ने आसन देख्नेबित्तिकै लामिछानेले आपत्ति जनाए। र उपस्थित नजिकै रहेका सुरक्षाकर्मीहरुलाई कुर्सी फेर्न अनुरोध गरे। 

भिडिओः

प्रहरी अधिकृतहरूको बीचमा गृहमन्त्री लामिछानेका लागि रातो कुसन भएको बेग्लै सोफा राखिएको थियो। छुट्टै किसिमको सोफा राखेको देखेपछि लामिछाने बसेनन्। 

उनले सोफा परिवर्तन गरेपछि बल्ल कार्यक्रम सुरु भएको थियो।

त्यहाँ सुरक्षाकर्मीले सोफा झिकेर अर्को कुर्सी राखेपछि मात्र लामिछाने कुर्सीमा बसेका थिए। जसबारे सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै लामिछानेका सचिवालय संयोजक दिपक बोहराले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ, हामी सबै समान हौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .