ad ad

समाज


कस्तो रहला आज मौसम?

कस्तो रहला आज मौसम?

फाइल तस्बिर : सर्लाहीको हरिवन


नेपालखबर
पुस २५, २०७९ सोमबार ७:५४, काठमाडौँ

हाल (सोमबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) छ भने तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मध्याह्नपछि हुस्सु/कुहिरो क्रमशः कम हुनेछ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाले आगामी २४  घण्टाका  लागि  चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : बिहानको समयमा तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
महाशाखाका मौसमविद् पौडेलका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ। अहिले ८ः४५ बजे यो अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

हिजो आइतबारको मापनअनुसार देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम यसप्रकार छ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .