यती विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ। पोखरास्थित गण्डकी अस्पतालबाट पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गर्न थालिएको हो।
दुर्घटनामा निधन भएका चालक दलका सदस्य (क्रु मेम्बर), विदेशी नागरिक र पहिचान हुन नसकेका र काठमाडौंमा आफन्त भएकाहरुको शव आज काठमाडौं ल्याइँदै छ।
कास्की प्रमुख जिल्ला अधिकारीका अनुसार छिटोभन्दा छिटो शव आफन्तलाई जिम्मा लगाउने तयारी छ।
आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए।
429
Shares
प्रतिक्रिया