सिरहाको धनगढीमा भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिंदा एकजना प्राचार्यको मृत्यु भएको छ।
सोमबार दिउँसो धनगढी माइनगरपालिका ५ गोठचोकमा डब्लुबी ६५ बी ७४३९ नम्बरको कोईला बोकेको भारतीय ट्रकले ठक्कर दिँदा ६४ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो।
सिरहाकै सुखीपुर नगरपालिका ८ घर भएका साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्सिच्यूटका प्रिन्सिपल तथा बालि विशेषज्ञ हुन्।
प्रदेश २–०१०६ प ५२९७ नम्बरको मोटरसाइकलमा सबार साहलाई भारतीय ट्रकले ग्रामीण सडकमा ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्रकको ठक्कखबाट गम्भीर घाइते भएका साहलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारकै क्रममा उनको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।
ठक्करदिने ट्रक र ल्यसका चालक प्रहरी नियन्त्रणमा राखेको छ। प्राचार्यको मृत्युपछि इन्सिच्यूटको पठनपाठनमै समस्या भएको स्थानीय बिक्रम साहले जानकारी दिए।
Shares
प्रतिक्रिया