सर्लाहीको हरिपुर्वामा लागुपदर्थ सेवन गरेका एक किशोरको कुलोमा डुबेर मृत्यु भएको छ।
हरिपूर्वा नगरपालिका–९ बसन्तपुर निवासी १८ वर्षीय ललन राय यादवको कुलोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बोरिङबाट सिँचाइ गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घर नजिकैको कुलोमा युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। उनले लागुऔषध सेवन गर्ने गरेका स्थानीयले बताएका छन्।
48
Shares
प्रतिक्रिया