ad ad

समाज


नक्कली नोटसहित सिरहाबाट दुई जना पक्राउ

नक्कली नोटसहित सिरहाबाट दुई जना पक्राउ

नेपालखबर
माघ २२, २०७९ आइतबार १४:४०, काठमाडौँ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका–१९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र वडा नं १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख  रहेका छन्।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ।

उनीहरुरुलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .