ad ad

समाज


यातायात मजदुर र व्यवसायीसँग सिंहदरबारमा सरकारको वार्ता जारी

यातायात मजदुर र व्यवसायीसँग सिंहदरबारमा सरकारको वार्ता जारी

फाइल।


नेपालखबर
फागुन २, २०७९ मंगलबार ९:३३, काठमाडौँ

आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता जारी छ। सिंहदरबास्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मजदुर र व्यवसायीसँग वार्ता थालेको हो। 

ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै यातायात मजदुरहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। 

सोमबार दिनभर नयाँ बसपार्क क्षेत्रमा मजदुरहरूको आन्दोलनले उग्र रुप लिएको थियो। 

अहिले उपत्यकामा फाटफुटबाहेक सार्वजनिक यातायात चलेको छैन।

सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .