ad ad

समाज


बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा समस्या

बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा समस्या

नेपालखबर
फागुन २, २०७९ मंगलबार ९:४५, काठमाडौँ

बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनाको मुटुमा समसइा देखिएको छ। 

५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो।

जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गंगालाल हृदय रोग केन्द्रले  ५ देखि १५ वर्षका  १५ हजार बालबालिकाहरूको परिक्षण गरेको थियो।

केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १५५ जना बालबालिकाको मुटुमा समस्या देखिएको हो। जसमध्ये १४६ जनामा जन्मजात मुटु रोग र ९ जनामा बाथ मुटु रोगको समस्या देखिएको हो।

नगरपालिकाको सबै सरकारी विद्यालय र केही निजी विद्यालयमा ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको अस्पताले जनाएको छ। 

केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीका अनुसार १९ सरकारी विद्यालयका ३ हजार २० र निजी विद्यालयका ९ हजार १० जनामा स्क्रिनिङ गरिएको थियो।

९ जना बालबालिकामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जना बालबालिकामा जन्मजात मुटुको रोग देखिएको थियो। 

समस्या देखिएका मध्ये एक जनाको तत्काल शल्यक्रिया गर्नुपरेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .