ad ad

समाज


आज मौसम कस्तो होला?

आज मौसम कस्तो होला?

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ६:४४, काठमाडौँ

हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश नम्बर १ को पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .