ad ad

समाज


दोलखाका तत्कालिन सीडीओ रिजाल अख्तियारको हिरासतमा

दोलखाका तत्कालिन सीडीओ रिजाल अख्तियारको हिरासतमा

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:३७,

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई अख्तियारले हिरासतमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीडीओ रिजाललाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो।

तत्कालिन प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट मंरिस १८ गते २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए।

मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए ।

सार्वजनिक मुद्दा लागेका लामा र तामाङसँग प्रजिअ रिजालले एक लाख ११ हजार रकम लिए पनि १० हजारको मात्रै बिल दिएपछि घटना सार्वजनिक भएको हो।

घटना सार्वजनिक भएपछि सीडीओ रिजालले मंसिर १९ गते बिहीबार सम्बन्धित पक्षलाई बोलाएर लिएको रकम फिर्ता गरेका थिए। रकम फिर्ता गरे पनि उनलाई कारबाही गर्नुपर्ने माग चर्किएपछि गृह मन्त्रालयले उनलाई मंसिर २० गते मन्त्रालय तानेको थियो।

गृहमा तानिएका तत्कालीन प्रजिअ रिजामाथि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो। सोमबार उनलाई हिरासतमै लिएर अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .