ad ad

समाज


निरस व्यक्ति बन्नबाट कसरी बच्ने?

निरस व्यक्ति बन्नबाट कसरी बच्ने?

नेपालखबर
पुस १६, २०७६ बुधबार ११:६,

के साथीहरु तपाईंसँग बोल्न मन पराउँदैनन्? तर्किन खोज्छन्?

यस्तो किन हुन्छ, तपाईंले सोच्नुभएको छ?

तपाईं निरस व्यक्ति भएकाले पनि यस्तो भएको हुनसक्छ।

निरसतामा हरेक चीज खल्लो हुने गर्छ। व्यापारदेखि डेटिङसम्म निरसताका कारण असफलतामा टुंगिन सक्छन्।

यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न हो, के तपाईं आफूलाई निरस ठान्नुहुन्छ? यदि त्यसो हो भने रसिलो व्यक्ति बन्न यी उपाय अनाउनुस्ः

१. संगत छनोट गर्नुहोस्
चासो र कुरा मिल्ने व्यक्तिहरुसँग संगत बढाउनुहोस्। कुराकानी सुरु गर्दा सबैलाई मन पर्ने विषयमा बोल्नुहोस्।

२. कम बोल्नुहोस्
धेरै बोलिरहनेलाई वरिपरिका मानिसले मन नपराउन सक्छन्। त्यसमाथि कम बोल्नेले सोची–विचारी गतिला जिज्ञासा राख्न र अरुलाई प्रभावित तुल्याउने विचार राख्न सक्छ। त्यसमाथि आफूलाई कसले सुनिरहेको छ भन्ने पनि ख्याल राख्नुस्।

३. पढ्नुहोस्
पर्याप्त पढ्ने मानिसलाई प्रायः रोचक कुराकानीका लागि शब्दको कमी हुँदैन। भनिन्छ, गुणस्तरी पुस्तक पढ्नु भनेको संवादका लागि इन्धन भर्नुजस्तै हो। चर्चित पुस्तक, चर्चित आत्मकथा, दैनिक पत्रिका पढ्नाले पनि तपाईं निरसिलो बन्नबाट बच्न सक्नुहुनेछ।

४. सुविस्ताको क्षेत्रबाट बाहिर निस्किनुहोस्
निरस व्यक्ति जोखिम मोल्न चाहँदैन। आफैँले तयार गरेको सीमाभित्र कैद भएर बस्छ। त्यसैले आफ्नो रुचीको काम गर्न कम्मर कस्नुहोस्।

५. समस्यामा मात्र ध्यान दिएर नबस्नुस्
सधैँ समस्याप्रति चिन्तित भएर बसिरहने व्यक्तिमा विस्तारै आत्मविश्वास कम भएर जान्छ। अरुलाई भेट्दा सधैँ पनि रुवाबासी गर्ने, लल्लरी गाउने चलन छ भने आजै त्यागिदिनुस्। किनभने दुःख र निरसताको साइनो निकै बलियो हुन्छ। त्यसैले आफूलाई खुसी बनाउनुस्।

६. फोनमा नझुन्डिनुस्
जतिबेला पनि फोनमा झुन्डिरहने व्यक्ति संसारकै सबैभन्दा निरस प्राणीको उपाधि जित्न योग्य हुन्छ। यसले साथी समूह वा दम्पतीबीच कुराकानी सुरु हुनै दिँदैन, सुरु भएपनि बीचमै बाधा पुर्‍याउँछ।

७. मुस्कुराउनुस्
मुख झुन्ड्याएर बसिरहने मानिससँग वार्तालाप गर्नु कठिन हुन्छ। त्यसैले हाँसिखुसी रहने प्रयास गर्नुस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .