ad ad

समाज


सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि काठमाडौंमा हुने

सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा फागुन १९ गतेदेखि काठमाडौंमा हुने

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १७:८, काठमाडौँ

सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेदा कंग्रेस फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ।

बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै आयुर्वेदा डाक्टर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्यामबाबु यादवले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल सोल्टीमा सभा सञ्चालन हुने बताए।

उनले यस वर्षको मुख्य नारा सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल भन्ने रहेको बताए। उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड, सन् २०१७ मा बेलायत, सन् २०१८ मा ब्राजिल, सन् २०१८ मा नै नेदरल्याण्डमा र सन् २०१८ मा नै सोल्भिया लेडिनामा महासभा सम्पन्न भएको पनि बताए।

उनले यसअघिका महासभाबाट आयुर्वेदालाई जन आन्दोलनको रुपमा विकास गरी जीवन विज्ञानका रुपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्प भएको बताए।

उनले भने, ‘आउँदो ३ मार्च ३ देखि ५, २०२३, २०७९ फागुन १९ देखि २१ गते होटल सोल्टीमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेदा कंग्रेसको भव्य आयोजना हुँदैछ। सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल यो महासभाको मुल नारा रहेको छ।’

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। नेपाल र भारतबाट कम्तिमा १००, १०० जना आयुर्वेद विज्ञ र अन्य देशहरुबाट १०० जना उपस्थित हुने अध्यक्ष यादवले बताए। 

उनले महासभाले जनसेवा गर्न सहयोग गर्ने अपेक्षा राखेको बताए। उनले यसको विकास र बिस्तारमा सहयोग गर्न आवश्यक रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .