ad ad

समाज


आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार ७:५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। 

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न पनि आग्रह गरेको छ। 

विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ। 

‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको छ। सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला। प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला,’  प्राधिकरणद्वारा मंगलबार जारी सूचनामा भनिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .