आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
त्यसो त आज बिहान केही स्थानमा वर्षा पनि भइसकेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज बिहान कोशी र मधेशका तराईका केही स्थानमा वर्षा भयो भने बागमती प्रदेशका केही स्थान र पश्चिम दाङतिर वर्षा भएको थियो।
अहिले पनि कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसमविद् झाले जानकारी दिए।
आज दिउँसो पनि पहाडका केही र तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको उनले बताए।
‘अपराह्नतिर काठमाडौँ, पोखरा, धनगढी, दाङसहित पहाड तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ’, उनले भने।
मौसम महाशाखाका अनुसार राति पनि देशका पहाडी भेगका थोरै स्थान तथा क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Shares
प्रतिक्रिया