ad ad

समाज


हिँड्न थाले चन्द्र भण्डारी (भिडिओ)

हिँड्न थाले चन्द्र भण्डारी (भिडिओ)

नेपालखबर
चैत २३, २०७९ बिहिबार २१:११, काठमाडौँ

आगलागीमा परेर घाइते सांसद चन्द्र भण्डारी हिँड्न थालेका छन्। 

भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सक र सहयोगीले साथ दिएर हिँडाएका हुन्। बिहीबार उनी अस्पताल परिसरमा केही पाइला हिँडेको भिडिओमा देख्न सकिन्छ। 

प्रतिनिधि सभा सदस्य भण्डारीका आफन्त माधव न्यौपानेका अनुसार उनको अनुहारको छाला राम्रो भइरहेको छ। बायाँ हातको पट्टी खोलिएको छ भने ग्राफ्टिङ पनि राम्रो भइरहेको छ।

भण्डारीलाई ज्वरो आएको छैन। उनको आज ड्रेसिङ गरिएको थियो। डोनर क्षेत्र अझै भिजेको तर सुधार  भइरहेको न्यौपानेले बताए।
भण्डाीका सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य छन्।

डाक्टर सुनिल मनोहर केश्वानीको टिमले भण्डारीको उपचार गरिरहेको छ। 

गएको फागुन पहिलो साता काठमाडौंस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए। आमाको भोलिपल्ट कीर्तिपुर अस्पतालमा निधन भएको थियो। 

भण्डारीलाई थप उपचारका लागि मुम्बईमा लगिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .