ad ad

समाज


बढुवा एआईजीहरूको पदस्थापन : कार्यमा मिरा, मानवश्रोतमा सन्दीप

बढुवा एआईजीहरूको पदस्थापन : कार्यमा मिरा, मानवश्रोतमा सन्दीप

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १२:५४, काठमाडौँ

शुक्रबार बढुवा भएका चार एआईजीको पदस्थापन भएको छ। सरकारले मिरा चौधरीलाई कार्यविभागको जिम्मा दिएको छ।

यस्तै सन्दीप भण्डारीले मानव श्रोत विभागको जिम्मा पाउँदा टेकबहादुर तामाङले अपराध अनुसन्धान विभागको जिम्मा पाएका छन्।

सुदीप गिरीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।

यससँगै नेपाल प्रहरीको एआईजीका दरबन्दी रहेका सबै विभाग पूर्ण भएका छन्।

यसअघि प्रशासन विभागमा दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा श्यामलाल ज्ञवाली, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा किरण बज्रचार्यको पदस्थापन भएको थियो। 

शुक्रबार बढुवा भएका चार एआईजीलाई चैत १३ गते नै बढुवाका लागि सिफारिस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .