ad ad

समाज


कोरोनाबाट तीन महिनापछि एक जनाको मृत्यु

कोरोनाबाट तीन महिनापछि एक जनाको मृत्यु

नेपालखबर
चैत २८, २०७९ मंगलबार १७:२२, काठमाडौँ

कोरोना भाइरस संक्रमित एक जनाको आज मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन महिनापछाडि सोमबार कोरोनाबाट एक जना ७० वर्षीया वृद्धाको ज्यान गएको हो। वीर अस्पतालमा उपचाररत उनी कोरोनासँगै मधुमेह र स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन्।

यसअघि गत पुस २३ गते कोरोनाबाट एक जनाले ज्यान गुमाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार ४३६ जनामा गरिएको परीक्षणमा १०६ जनामा संक्रमण देखिएको छ। यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन्। 

मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने देखिएको जनाएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या ४६९ पुगेको छ। काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन्। 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .