आफ्नै आमाको हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकबाट एक व्यक्ति पक्राउ परेका छन्।
पनौती नगरपालिका–११ बलथलीमा आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको अभियोगमा ५२ वर्षीय छोरा राजेन्द्र भन्ने विष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
घरायसी झगडामा विष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
48
Shares
प्रतिक्रिया