ad ad

समाज


काठमाडौं प्रहरी परिसरमा युट्युबर र सामाजिक ‘अभियन्ता’बीच कुटाकुट

काठमाडौं प्रहरी परिसरमा युट्युबर र सामाजिक ‘अभियन्ता’बीच कुटाकुट

नेपालखबर
बैशाख ३, २०८० आइतबार १६:४०, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटमा युट्युबर र सामाजिक अभियन्ताबीच कुटाकुट भएको छ।

आइतबार दिउँसो रवि लामिछानेविरुद्ध मुद्दा हालेका युवराज पौडेल परिसर पुगेपछि युट्युबरले घेरेका थिए। 

त्यही क्रममा पौडेललाई युट्युबर र आफूलाई सामाजिक अभियन्ता बताउने झुण्डले उनलाई घेरेको थियो।

रवि लामिछानेविरुद्ध मुद्दा हालेको भन्दै तथानाम गाली गरेका युट्युबर र ती समूहले युवराजलाई प्रहरीकै अगाडि बारम्बार हातपातसमेत गरेका थिए। 

युवराजले आफूहरूलाई पैसा खाएको आरोप लगाएको भन्दै उनीहरूले युवराजलाई र्‍याखर्‍याख्ती पारेका थिए। युवराज भने प्रहरी कार्यालयभित्र छिर्न प्रयास गरिरहेका थिए। तर प्रहरीले उनलाई भित्र जान दिएनन् र कुटपिटबाट पनि जोगाएनन्।

पछि युवराज पक्षका युवामाथी युट्युबरसहित पुगेको समूहले हातपात गरेको थियो। रवि लामिछानेले ती अभियान्ता बताउने समूह र युट्युबरलाई रवि लामिछानेले पैसा दिएर आफ्नो पक्षमा बोल्न लगाएको युवाराजले आरोप लगाएको भन्दै उनीहरू आक्रोशित भएका थिए।

रवि लामिछानेविरुद्ध नागरिकताको मुद्दा लगाएका युवराजले हाल पासपोर्ट दुरुपयोगको कसुरमा पनि मुद्दा दायर गरेका छन्। सर्वोच्चमा यो मुद्दा विचाराधीन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .