ad ad

समाज


नदीमा दाउरा निकाल्न गएका कालीकोट जिसस सदस्य बेपत्ता, खोजी जारी

नदीमा दाउरा निकाल्न गएका कालीकोट जिसस सदस्य बेपत्ता, खोजी जारी

रासस
बैशाख ४, २०८० सोमबार १३:३९, काठमाडौँ

तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति (जिसस) कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझैँ फेला परेका छैनन्।

तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए।

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए।

उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .