ad ad

समाज


रविका चालकको अवस्था ‘क्रिटिकल’, मेडिसिटीको भेन्टिलेटरमा उपचार हुँदै

रविका चालकको अवस्था ‘क्रिटिकल’, मेडिसिटीको भेन्टिलेटरमा उपचार हुँदै

नेपालखबर
बैशाख ६, २०८० बुधबार १३:४४, काठमाडौँ

अढाई तले घरको छतबाट खसेर गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको अवस्था सुधार हुन सकेको  छैन।

मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर ल्याइएका थापाको स्वास्थ्य अझै सुधार हुन नसकेको ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ। 

थापा यही सोमबार बिहान पौने ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका-११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते थिए। 

छतबाट खसेर गम्भीर घाइते भएका थापाको टाउकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै शल्क्रिया गरिएको थियो। तर शल्यक्रियापछि पनि उनको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको थियो। 

मेडिसिटी अस्पताल प्रशासनले अहिले पनि थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ। अस्पतालले थापाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेको छ। 

मेडिसिटीले थापाको टाउकोमा गहिरो चोट रहेको जनाएको छ। त्यस्तै उनको घाँटी र छातीमा पनि चोट देखिएको छ। 

थापालाई बेहोस अवस्थामै भेन्टिलेटरबाट हेलिकोप्टरमा चितवनबाट ल्याइएको थियो। उता थापा छतबाट खसेको घटनालाई लिएर रास्वपा सभापति लामिछानेले राजनीतिक विषय नबनाउन भनिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .