नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहले सत्ता गठबन्धनप्रति सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।
उनले तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले निर्वाचित भएपछि फेसबुकमा स्टाटस लेखेका हुन्।
उनले लेखेका छन्, ‘देश लुटेराहरुलाई ठूलो धक्का बधाई छ डाक्टर साब।’ यो निर्वाचन क्षेत्रमा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल पनि उम्मेदवार थिए।
एमालेका उम्मेदवार उनीमाथि भन्दा पनि एसएसपी सिंहको आक्रोश सत्ता गठबन्धनसँग रहेको बुझिन्छ। सरकारले केही दिनअघि नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो।
जुन बढुवामा सिंह छुटेका थिए। डीआईजी नबन्दा उनी अवकास हुने भएका छन्। एसएसपीको उमेरहदका कारण उनी अवकास हुन लागेका हुन्। डीआईजी भएको भए उनको जागिर लम्बिने थियो।
डीआईजी बढुवा सिफारिसविरुद्ध सिंहले उजुरीसमेत गरेका थिए। तर उनको उजुरीमाथि कुनै सुनुवाई भएन र सिफारिस सदर गर्दै उजुरी परेको भोलिपल्टै बढुवा गरिएको थियो।
यही आक्रोस उनले तनहुँको मतपरिणामपछि पोखेका हुन्।
Shares
प्रतिक्रिया