ad ad

समाज


१३ डीआईजी एक हप्तादेखि जिम्मेवारीविहीन

१३ डीआईजी एक हप्तादेखि जिम्मेवारीविहीन

नेपालखबर
बैशाख १३, २०८० बुधबार १०:५२, काठमाडौँ

नेपाल प्रहरीका १३ एसएसपी बढुवा भएको एक सातासम्म पनि जिम्मेवारी विहीन भएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले वैशाख ६ गते १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए। 

तर बढुवा गरेको एक सातासम्म पनि गृहमन्त्री श्रेष्ठले पदस्थापन गर्न नसकेका हुन्। डीआईजीले नेतृत्व गर्ने अधिकांश कार्यालय एसएसपीका भरमा छन्। 

तर चाँडै पदस्थापन हुने गृहसचिव विनोदप्रकाश सिंह बताउँछन्। बुधबार नेपालखबरसँग कुरा गर्दै सचिव सिंहले भने, ‘अहिलेसम्म फाइल मकहाँ आइसकेको छैन। तर आज भोलितिरै होला नि!’

प्रदेशमा पनि जिम्मेवारी दिन सकेको छैन। कोशी प्रदेशमा एसएसपी हुँदै राजेशनाथ बास्तोलाले जिम्मेवारी पाएका थिए भने सुदूरपश्चिममा भरतबहादुर बोहराले जिम्मेवारी पाएका थिए। उनीहरूको पदस्थापन हुन सकेको छैन।

तर डीआईजी भइसकेपछि पनि प्रदेश प्रहरी प्रमुखका रुपमा काम गरिरहेका छन्। 

मधेश प्रदेश एसएसपीको भरमा छन्। डीआईजी सरुवा गर्ने तयारी भएपनि गृहमन्त्री श्रेष्ठले अन्तिम समयमा रोकेका थिए। 

जिम्मेवारी नपाउने डीआईजीहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णु कुमार केसी, रबिन्द्र केसी, चन्द्र कुबेर खापुङ, जक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र विकासराज खनाल डीआईजीमा बढुवा भएका थिए।

उनीहरूले वैशाख ७ गते दर्ज्यानी चिन्ह पनि लगाइसकेका छन्। तर जिम्मेवारी भने अझै तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .