ad ad

राजनीति


शर्मालाई अर्थ प्रवक्ता र काफ्लेलाई प्रशासन महाशाखाको जिम्मेवारी

शर्मालाई अर्थ प्रवक्ता र काफ्लेलाई प्रशासन महाशाखाको जिम्मेवारी

नेपालखबर
बैशाख १३, २०८० बुधबार ११:३, काठमाडौँ

अर्थ मन्त्रालयमा सहचिवहरूको जिम्मेवारी हेरफेर भएको छ।  

धनिराम शर्माले प्रवक्ताको र योजना अनुगमन र मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्।

यसअघि प्रवक्ता तथा अनुगमन महाशाखा प्रमुख रहेका आनन्द काफ्लेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

विष्णु पौडेल अर्थमन्त्री रहेको समयमा शर्मालाई योजना आयोगबाट अर्थमन्त्रालय सरुवा गरेर बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।

अर्थमन्त्री प्रकाशशरण महतले यसअघि नै बजेट महाशाखा प्रमुखको जिम्मेवारी उत्तरकुमार खत्रीलाई दिइसकेका छन्।

योजना आयोग सरुवा भइसकेका सुमन दाहाल अहिले पनि आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सुमन दाहाल छन्। उनले सुरुवाको पत्र बुझिसकेका छैनन्। 

वित्तीय क्षेत्र विश्लेषण संस्थान समन्वय महाशाखा प्रमुखमा भूपाल बराल र अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल छन्।

कानुन महाशाखा प्रमुखमा अर्जुन कुमार खड्का र राजश्व महाशाखा प्रमुखमा रितेश शाक्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .