ad ad

समाज


१३ डीआईजी पदस्थापन, बास्तोला, भट्टराई र बोहरा बने प्रदेश प्रमुख

१३ डीआईजी पदस्थापन, बास्तोला, भट्टराई र बोहरा बने प्रदेश प्रमुख

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १५:१२, काठमाडौँ

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। गृह मन्त्रालयले बुधबार उनीहरुको पदस्थापन गरेको हो।

यसअघि प्रदेशको जिम्मा पाएका राजेशनाथ बास्तोला कोशी प्रदेशमा र भरत बोहरा सूदुरपश्चिम प्रदेशमा कायम रहने भएका छन्।

मधेश प्रदेशमा जनकराज भट्टराईलाई जिम्मा दिइएको छ। 

यस्तै बिष्णु कुमार केसी अन्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।

सुरेन्द्रप्रसाद मैनाली अपराध अनुसन्धान विभाग, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो, यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), बिकाशराज खनाल कार्य बिभागमा पदस्थापन भएका छन्। 

कुबेर कडायतलाई महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

उनीहरुलाई वैशाख ६ गते डीआईजीमा बढुवा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .