ad ad

समाज


मापसे गरेका हवल्दारलाई इन्सपेक्टरले कुटे

मापसे गरेका हवल्दारलाई इन्सपेक्टरले कुटे

नेपालखबर
बैशाख १७, २०८० आइतबार २१:४०, सुर्खेत

जिल्ला प्रहरी कार्यालय डोल्पाको कारागारमा कार्यरत प्रहरी हवल्दवार प्रहरी निरीक्षकबाट कुटिएका छन्।

शनिबार बिहान करिब ११ बजेतिर प्रहरी हवल्दार हिरालाल रेउले प्रहरी निरीक्षक (इन्स्पेक्टर)नविन चपागाईंबाट कुटिएका हुन्। (बैशाख १६) शनिबार बिहानको समयमा प्रहरी हल्वदार रेउलेको डिउटी थिएन।

हिरालालको घरमा पारिवारिक समस्या थियो।

उनी बिहानै करिब ९ बजेको समयमा कार्यालय नजिककै रहेको भट्टी पसलमा पुगे। हिरालाल त्यहाँ अन्य दुई जना साथीसँगै पुगेका थिए। पसलमा पुगेपछि हिरालालसँगै साथीहरूले चिया खाए।

चिया खाइसकेपछि अन्य साथीहरू फर्किए। प्रहरी हवल्दार हिरालाल भने पसलमै बसे।

उनले केही मात्रामा मादक प्रदार्थ सेवन पनि गरे। हिरालाले भने, ‘बिदाको दिन भनेर बिहानै साथीहरु नास्ता खाने भनेर कार्यालयबाट निस्कियौँ। केही नास्ता खाएर जाऔं भन्नेकुरा भयो। अलिकति मापसे पनि गरेको थिएँ दुई गिलास जति।’

उनले थपे, ‘त्यसपछि आराम गर्ने भनेर हिरालाल पसलमाबाट कहीँ कतै कसैसँग नबोलेर कार्यालयमा गएँ। त्यहाँ पुगेर आराम गरिरहेको समयमा एक जना असईले मलाई बोलाउनुभयो। इन्स्पेक्टरले तपाईंलाई बोलाउनु भएको छ पारी कार्यालयमा आउनुहोस् भनेर।’

त्यसपछि हिरालाल पारी इन्स्पेक्टरको कार्यालयमा पुगे।

बीचमा भेरी नदी भएकाले जिल्ला प्रहरी कार्यालयको कार्यालय र कारागारको कार्यालय छुट्टिएको छ।

प्रहरी हवल्दार हिरालाल कार्यालयमा पुग्नासाथ इन्स्पेक्टर चापागाईंले आफूलाई कुटपिट गर्न सुरु गरिसकेको नेपालखबरलाई जानकारी दिए।

‘असई सावले बोलाएपछि म त्यहाँ पुगे, उहाँले सुरुमै मापसे गरेको हो भनेर सोध्नु भयो। मैले हो भनेँ। घरयासी समस्या थियो। अनि बिहान पानी परेको थियो। चिसो मौसम भएकाले खाएको हो भनेँ,’ उनले भने, ‘उहाँले अरु केही सोध्नुभएन् घोप्टो पारेर कुटपिट गर्न थाल्नु भयो। मलाई फुटबल खेलाए झै गर्नुभयो।’

साथै, हिरालालले एकचोटीलाई माफि दिनुहोस् भन्दापनि कुटपटि भएको उनले सुनाए।

हिरालालले थपे, ‘उहाँले कुटपिट गरिसकेपछि मुख्य चोट आँखामा र नाकमा लागेको छ। आँखा सुनिएर ठूलो भएको छ। भने देख्न सक्ने अवस्था छैन्। अनी नाक पनि बाङ्गो भएको छ। भने कानको जरा, दाँत पनि हल्लिएको छ।’

यस्तै, हिरालालको उपचार स्वास्थ्य सेवा कार्यालय डोल्पामा उपचार भइहेको छ। त्यहाँ आँखामा र नाकमा धेरै चोट लागेका कारण बाहिर जानको लागि अस्पतालले सुझाव दिएको उनले बताए।

हिरालालले भने, ‘आज हवाइजहाज आएन् भोलि जहाज आएपछि नेपालगञ्ज झरेर उपचार गर्छु।’ 

यस्तै, हिरालालले २०६२ बैशाख १६ गतेबाट नेपाल प्रहरीमा भर्ना भएका थिए। उमेर उनि अहिले ३७ वर्षका भए। हिरालालले डोल्पामा कार्यारत रहेको करिब १३ महिना भयो। हालसम्म यस्तो कुनै याताना नभएको बताए। 

यस्तै, हिरालाललाई जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख, प्रहरी नायब उपरीक्षक शिवबहादुर बुढाथोकीले जुन ठाउँमा उपचार हुन्छ त्यहाँ गएर उपचार गर्न सुझाव दिएका छन्। साथै प्रहरी नायब उपरीक्षकले कुटपिट गर्ने इन्स्पेक्टरलाई घटनाबारे छानबिन गरेर विभागीय कारबाही गरिने बताए। 

यता प्रहरी निरीक्षक नविन चापागाईंलाई घटनाबारे बुझ्न खोज्दा उनको मोबाइल अफ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .