अनुसन्धानको म्याद सकिन लाग्दा प्रहरीले नक्कली शरणार्थी प्रकणमा जोडिएका व्यक्तिहरुसँग बयान लिन सुरु गरेको छ।
संगठित अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले अबको १० दिन भित्रमा अनुसन्धान सक्नु पर्नेछ।
सुरुमा ठगीको कसुरमा मात्रै अनुसन्धान गरेको प्रहरीले यसबीचमा संगठित अपराधमा पनि छानबिन थालेपछि समय कम भएको अधिकारीहरुले बताएका छन्।
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टै टिम तयार गरेर सामुदायिक साझेदारीको भवनमा कार्यकक्ष खडा गरेको छ।
कार्यदलका तीनै जनाको बयान सुरु, खाणविरुद्ध प्रमाण खोज्दै प्रहरी
‘यसअघि भन्दा टिम बढाइएको छ। पहिले तयार भइसकेको फायल अन्तिम समयमा परिवर्तन गर्नुपर्दा हामीलाई टाइमको प्रेसर भयो’, अनुसन्धान अधिकृतले भने।
२० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले अहिलेसम्म ८ जना मात्रै पक्राउ गरेको छ। पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित अन्य फरार छन्।
यो प्रकरणमा पूर्वगृहमन्त्रीद्वय रामबहादुर थापा बादल र बालकृष्ण खाँण, पूर्वगृहसचिव एवम् अख्तियार प्रमुख प्रेमकुमार राई, खाँण पत्नी मञ्जु खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवम् सांसद आरजु राणा लगायतको पनि नाम जोडिएको छ।
बिचौलियाहरुले उनीहरुको नाम पनि पीडितसँगको कुराकानीमा लिएका थिए। पीडित र बिचौलियाबीचको उक्त अडिओ सार्वजनिक भइसकेको छ।
तर कुराकानीमा भनिएअनुसार आर्थिक कारोबार र संलग्नता पुष्टि हुने प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ।
प्रमाण संकलनको प्रयास भइरहेको र पुष्टि भएमा जो-कोही कानुनी दायरामा आउने प्रहरीको दाबी छ। प्रहरीले यसमा प्रत्यक्ष जोडिएका अधिकारीसँग भने बयान लिन थालेको छ।
पन्थी र केसीले के भने?
भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलका संयोजक र एक सदस्यको प्रहरीले बयान लिएको छ।
सोमबार काठमाडौं जिल्ला प्रहरी परिसरमा बोलाएर उनीहरुको बयान लिइएको हो।
कार्यदलका संयोजक बालकृष्ण पन्थी र विज्ञ सदस्य गणेश केसीले काठमाडौं परिसर पुगेर बयान दिएका हुन्।
सोमबार आफूहरुले बयान दिएको सदस्य केसीले बताए। बयानका क्रममा केसी र पन्थीले नक्कली शरणार्थी बनाएर ठगी गर्ने कार्यमा आफूहरुको कुनै संलग्नता नरहेको र बिचौलियासँग पनि सम्पर्क नभएको बताएका छन्।
तर प्रहरीले उनीहरुलाई अर्कै प्रतिवेदन देखाएको र त्यो कार्यदलले तयार गरेको नभई बिचौलियामार्फत बनाइएको उनीहरुको जवाफ छ।
‘हामीले तयार गरेको प्रतिवेदन नभई प्रहरीले बयानका क्रममा हामीलाई अर्कै प्रतिवेदन देखाउनु भएको थियो। तर त्यो प्रतिवेदनका दुई पेज फरक थिए। जुन हाम्रो कार्यदलले तयार गरेको होइन। त्यहाँ हामीले उल्लेख नगरेको कुराहरु समेटिएको थियो। हाम्रो प्रतिवेदन प्रष्ट छ, यसरी रोकिएका भुटानी शरणार्थी ४२९ जना छन् त्यसमा एक जना पनि थप गर्न सक्ने हाम्रो प्रतिवेदनले ठाउँ दिएको छैन’, बयानपछि केसीले नेपालखबरसँग भने।
बयानका क्रममा आफूले पनि प्रतिवेदनमा चलखेल भएको देखेको केसीले बताए।
‘हामीले प्रतिवेदन बुझाएको हो तर पछि प्रतिवेदन फेरिएको रहेछ। हामीले बुझाएको प्रतिवेदनको एक प्रति अहिले पनि हामीसँग छ। तर गृह मन्त्रालयबाट प्रहरीमा पठाएको प्रतिवेदनमा छेडखानी भएको र एक दुई पाना तल माथी भएको देखिन्छ’, केसीले भने।
आफूहरु प्रतिवेदन बुझाएर हिँडेपछि के कसो भयो थाहा नपाएको र एकसाथ उजुरी पर्यो रे भनेपछि मात्रै थाहा पाएको बताए। ‘प्रहरीले सोधपुछ गर्दा पनि यही जवाफ दियौं’, उनले भने।
प्रहरीले कार्यदलकै अर्का सदस्य दीपकप्रसाद न्यौपानेलाई पनि बयानमा बोलाइसकेको छ। तर उनले पनि बुधबारसम्ममा उपस्थित हुने बताएका छन्।
सम्बन्धित समाचार
- संसदमा आरजु राणा : नारीले आफ्नो हैसियतमा राजनीति गरेको नसहने रहेछन्
- नक्कली शरणार्थी प्रकरण : ओलीले उठाए सरकारको निष्पक्षतामाथि प्रश्न
- टोपबहादुरबारे ओलीको जवाफ– मेरो सम्पर्कमा हुनुहुन्न, उहाँलाई नै सोध्नू
- छोरो रुँदै हिरासत पस्दा आफू जोगिन पावर लगाउँदै टोपबहादुर
- आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई
- पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाकार राई पक्राउ
- आफूले गृहको ‘हर्ताकर्ता’ बनाएको सल्लाहकार असुली धन्दामा समातिएपछि अप्ठेरोमा बादल
- पक्राउ गर्न पुगेका प्रहरीलाई इन्द्रजितले भने : पहिल्यै टाइम नलिई किन आयौ?
- नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
- एमाले सचिव टोपबहादुर रायमाझी र छोराविरुद्ध पक्राउ पुर्जी
- बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज पनि तानिए
- टोपबहादुरले संलग्नता अस्वीकार गर्दै भने : म पनि छक्क परेँ, कानुनलाई सहयोग गर्छु
- इन्द्रजितको इन्कार, अरुले बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले
- नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
- नक्कली शरणार्थीमा मुछिएका सचिव पाण्डे भन्थे : धेरै लोभ गर्नु हुँदैन, विनाश निम्त्याउँछ (भिडिओ)
- आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई
- नक्कली शरणार्थी प्रकरणपछि सरकारले रोक्यो आईजीपीको अमेरिका भ्रमण
- नक्कली शरणार्थी प्रकरणमा आरजुको दाबी- नक्कली मान्छे खडा गरेर अडिओ बनाइयो
- नक्कली शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई खाँण गृहमन्त्री हुँदा छुटाइयो- पूर्वएआईजी शर्मा
- भुटानी शरणार्थी प्रकरणबारे प्रचण्ड- ट्रेलर देखायौं, सिंगै फिल्म देखिनेवाला छ
यस्तो छ प्रतिवेदनको सुझाव र निष्कर्ष
Shares
प्रतिक्रिया