अमेरिकी समाचार एजेन्सी सीएनएनले घुम्नैपर्ने ठाउँको सूची-२०२३ सार्वजनिक गरेको छ। जसमा नेपालको मुस्ताङ यात्रा सूचीमा परेको छ।
सीएनएनले घुम्नुपर्ने ठाउँको सूचीको पहिलो नम्बरमा पोल्याण्डलाई राखेको छ। मुस्ताङ सूचीको १६औँ नम्बरमा छ। यसैगरी सीएनएनको सूचीमा पश्चिम अस्ट्रेलिया, लिभरपुल, चार्लेस्टोन, भिलिनियस, फिजी, मनाउ, लाओसलगायतका ठाउँ रहेका छन्।
सन् २०१६ यता सीएनएनले मुस्ताङलाई विशेष पर्यटकीय क्षेत्रका रूपमा उल्लेख गर्दै आएको छ।
सीएनएनले हरेक वर्ष विश्वका उत्कृष्ट २२ ठाउँको सूची सार्वजनिक गर्दै आएको छ।
9
Shares
प्रतिक्रिया