भारतको पश्चिम बङ्गाल राज्यमा अवस्थित कालेबुङमा युवा पलायन रोक्न 'लोकल हाट' अभियान सुरु भएको छ।
स्थानीय युवाहरूलाई गाउँघरबाट पलायन हुनबाट रोक्न अनि आफ्नो खुट्टामा आफै उभिने क्षमताको विकास गर्दै बेपारधन्दामा सहभागी गराउने उद्देश्यले स्थापित आकाश पब्लिक सर्भिस कोअपरेटिभ सोसाइटीले बिहीबारे हाटको सुरुवात गरेको हो।
कालेबुङको हाटघरमा प्रत्येक बिहिबारका दिन स्थानीय जैविक खेतीका उत्पादन अनि हस्तशिल्पका सामानको बिक्री प्रदर्शन गर्नेगरी साप्ताहिक बिहीबारे लोकल हाटको सुरुवात गरिएको अध्यक्ष दीपक प्रधानले बताएका छन्।
हाटमा आफ्नै गाउँ-समाजमा उत्पादित सामग्री प्रदर्शन गरिने जानकारी उनले दिए। स्थानीय उत्पादनको संरक्षण गरी युवा पलायन रोक्न साप्ताहिक हाटबजार लगाउन लागिएको उनले बताए।
21
Shares
प्रतिक्रिया