उपमेयर सुनिता डंगोललाई कार्यवाहक जिम्मेवारी दिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भारत प्रस्थान गरेका छन्।
कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकाले नफर्कंदासम्म कार्यवाहकको जिम्मेवारी उमेयर डंगोललाई दिइएको महानगरपालिकाले जनाएको छ।
मेयर शाहका सचिवालय स्रोतका अनुसार उनी भारतको बैंग्लोर गएका हुन्।
बैंग्लोरस्थित भीटीयू युनभर्सिटीबाट मास्टर्स डिग्री सकेका मेयर शाह बाँकी डकुमेन्टेशनको कामका लागि कलेजको कामले गएको सचिवालय स्रोतले नेपालखबरलाई जानकारी दियो।
‘उहाँले बैंग्लोरस्थित भीटियू युनिभर्सिटीबाट मास्टर्स गर्नुभएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सोही डिग्रिको बाँकी डकुमेन्टेशनको कामका लागि उहाँ कार्यवाहक जिम्मेवारी उपमेयरज्यूलाई दिएर जानुभएको छ।’
शाहले गत महिनामात्रै पीएचडी गर्न भर्ना समेत गरेका छन्।
189
Shares
प्रतिक्रिया