काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका ती व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्।
‘एकजना व्यक्तिले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए’, उनले नेपालखबरलाई भने, ‘तर पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ।’
जिउमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिए अस्पताल लगेको थियो। नागरिकताविहीन निरज नामका ती व्यक्तिको अवस्था खतरामुक्त रहेको बताइएको छ।
147
Shares
प्रतिक्रिया