ad ad

समाज


यस्ता व्यक्तिले मिल्दैन रक्तदान गर्न

रक्तदान गर्दा कस्तो सावधानी अपनाउने?
यस्ता व्यक्तिले मिल्दैन रक्तदान गर्न

नेपालखबर
जेठ ३१, २०८० बुधबार १३:५७, काठमाडौँ

रगत- जीवन सञ्चालनका लागि महत्त्वपूर्ण पदार्थ हो। त्यसैले रगत दान गर्नु भनेको जीवनदान गर्नुबराबर हो। 

दुर्घटना हुँदा होस् वा उपचार गर्दा, मानिसलाई अतिरिक्त रगतको आवश्यकता पर्छ। आफूले थोरै रगत दिँदा कसैले नयाँ जीवन पाउनसक्छ। रक्तदानलाई मानव धर्म पनि भनिन्छ। 

तर पनि सबैले यो पुण्य काम गर्न मिल्दैन। 

सबै व्यक्ति रक्तदान गर्न योग्य नहुने डा. दीपेन्द्र पाण्डे बताउँछन्। 

‘रक्तदान गर्न नमिल्ने व्यक्तिले रक्तदान गर्नु आफैँलाई हानि निम्त्याउनु हो’, उनी भन्छन्। 

डा. पाण्डेका अनुसार १८ वर्ष नपुगेका बालबालिका, ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक  र उमेर पुगेर पनि कम तौल भएका व्यक्तिले रक्तदान मिल्दैन। 

त्यसो त रगत दान गर्न योग्य व्यक्तिले समेत रक्तदान गर्ने बेला केही सावधानी अपनाउनुपर्छ। 

कस्ता व्यक्तिले गर्न मिल्दैन रक्तदान? 

-मुटुमा समस्या भएका 

-उच्च रक्तचाप भएका  

-मधुमेह रोग भएका 

-कलेजो र मिर्गौलामा समस्या भएका 

-अन्य कुनै दीर्घ रोगको औषधि सेवन गरिरहेका  

-हेमोग्लोबिनको मात्रा ११ प्रतिशतभन्दा कम भएका 

-रक्तअल्पता भएका

-गर्भवती, स्तनपान गराइरहेका   

-महिनावारी भएका बेला

रक्तदान गर्दा कस्तो सावधानी अपनाउने? 

-रक्तदान गर्नेबित्तिकै नउठ्ने 

-रक्तदान गरिसकेपछि केही नुनिलो खानेकुरा वा फलफूल, जुस खाने 

-रक्तदान गरेपछि करिब २० मिनेट आराम गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .