ad ad

समाज


स्वास्थ्य मन्त्रालयले भन्यो- आधारभूत तहका कर्मचारीलाई आफैं तलब खुवाउनू

स्वास्थ्य मन्त्रालयले भन्यो- आधारभूत तहका कर्मचारीलाई आफैं तलब खुवाउनू

नेपालखबर
असार ५, २०८० मंगलबार १९:५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहका आधारभूत अस्पतालहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफै व्यवस्था गर्न परिपत्र गरेको छ।

मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैं गर्न भनेको हो। 

सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै मन्त्रालयले आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैं गर्न भनेको हो। 

स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदैं संघीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न भनेको छ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९।०३।२१ मा ५,१०,१५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन। साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ।व।मा स्वास्थ्यकर्मीको तलब, भत्ता व्यवस्थापन पालिकाबाटै हुन’ जारी गरेको परिपत्रमा भनिएको छ। 

कर्मचारीको अभिलेख व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिन र कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

स्वास्थ्यको ७ बुँदे परिपत्रमा कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका कतिपय कर्मचारीले समायोजन पत्र बुझी समायोजन भएको निकायमा हाजिर भएकाले यथाशीघ्र रमाना लिएर हााजिर हुने व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .