ad ad

समाज


मौसम महाशाखाको २४ घण्टे चेतावनी– चट्याङ, बाढी, पहिरो, भूक्षयबाट बच्नूस्

मौसम महाशाखाको २४ घण्टे चेतावनी– चट्याङ, बाढी, पहिरो, भूक्षयबाट बच्नूस्

फाइल फाेटाे


नेपालखबर
असार ५, २०८० मंगलबार १९:२१, काठमाडौँ

आज राति देशैभर वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखााका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। 

यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशको बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसको अर्थ आज देशभर जुनसुकै स्थानमा वर्षा हुनसक्छ।  

साथै कोशी  र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेसम्म) लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मेघगर्जन/चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .