ad ad

समाज


गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ७, २०८० बिहिबार १७:४१, काठमाडौँ

ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिकाका उपाध्यक्ष तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो।

मोलुंग गाउँपालिका वडा नं. २ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

सो सम्बन्धी उजुरी निवेदनबारे अनुसन्धान हुँदा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी/गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पुर्‍याउने बदनियतपूर्वक भुक्तानी गरेको देखिएको छ।

उक्त भ्रष्टाचार कसुरमा संलग्न उनीहरुलाई सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .