ad ad

समाज


विद्युत प्राधिकरणका मेकानिकल इन्जिनियर यादवविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरणका मेकानिकल इन्जिनियर यादवविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ७, २०८० बिहिबार १९:१०, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादव उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दूरपयोग अनुसन्धान आयोगले यादवविरुद्ध बिगो १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

यादवले नेपाल विद्युत प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो।

सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४८ फागुन ९ गते देखि उनले अवकास पाएको मिति २०७९ जेठ ९ सम्मको अवधिको समग्र आय आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को विश्लेषण गर्दा उनले वैधानिक स्रोतबाट एक करोड ७१ लाख ४६ हजार ४४ रूपैयाँ ४९ पैसा आय आर्जन गरेको र सोही जाँच अवधिमा तीन करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको देखिएको छ।

उनले जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीमा गरेको कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको वैध आय १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा देखिएको र आयभन्दा बढी भएको १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसा बराबरको रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

यादवले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई सोही बराबरको बिगो कायम गरी श्रीमती मन्जुदेवी यादव समेतलाई प्रतिवादी कायम गरी बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .