मंगलबार नेपाल भ्रमणमा आइपुगेका चिनियाँ खर्बपति ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन्।
बंगलादेशको ढाका हुँदै विशेष विमानबाट काठमाडौं अवतरण गरेका उनले प्रधानमन्त्री प्रचण्डसँग भेट्न समय मागेको बालुवाटार स्रोतले जनाएको छ।
ज्याक माले भेटका लागि समय मागेपछि प्रधानमन्त्रीले अहिले सचिवालयका सदस्यहरुसँग छलफल गरिरहेका छन्।
‘प्रधानमन्त्रीसँग भेट हुन सक्छ। ज्याक माको टीमले समय माग्नु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘यसबारे हामी सल्लाह गर्दैछौँ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालमा आएका ज्याक माले यहाँको कानुनअनुसार लगानी गर्छु भनेमा स्वागत गर्ने बताए।
उनले प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेट गर्ने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
216
Shares
प्रतिक्रिया