ad ad

समाज


चिनियाँ खर्बपति ज्याक मा : कालिमाटी तरकारी बजारमा पसे, स्वयम्भू घुम्न गए

चिनियाँ खर्बपति ज्याक मा : कालिमाटी तरकारी बजारमा पसे, स्वयम्भू घुम्न गए

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १८:२२, काठमाडौँ

चिनियाँ खर्बपति ज्याक मा अहिले काठमाडौं घुमघाममा छन्। 

मंगलबार चार्टर्ड जहाजमार्फत काठमाडौंमा आइपुगेका उनी बुधबार घुमघाममा सक्रिय भए। 

चिनियाँ व्यापारिक कम्पनी अलिबाबा ग्रुपका  संस्थापक तथा कार्यकारी अध्यक्ष उनी बुधबार मध्यान्ह १२ जबे कालिमाटी तरकारी बजार पसे।

चिनियाँ टोलीका सदस्यहरुसहित ज्याक उनी मध्यान्ह साढे १२ बजे कालिमाटी तरकारी बजारमा पुगेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार उनी आफ्ना केही सदस्यसहित कालिमाटी पुगेका थिए। 

ज्याक मा सँगै टोलीमा डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङसहित छन्। 

ज्याक मा चीनको डिजिटल भुक्तानी प्लेटफर्म अलिपे ग्लोबल मर्चेन्ट पेका पनि मालिक हुन्। 

कालिमाटी तरकारी बजारमा पुगेर उनले त्यहाँ केही व्यापारीहरुसँग कुराकानी पनि गरे। त्यसक्रममा उनले त्यहाँको भुक्तानी प्रणालीबारे पनि चासो राखेको बताइएको छ। 

कालिमाटी तरकारी बजारमा करिब १५ मिनेट बिताएपछि उनी त्यहाँबाट स्वयम्भूनाथ दर्शन गर्न गए। 

कालिमाटी तरकारी बजारमा घुमेपछि उनी स्वयम्भू डाँडा पुगेर दर्शनका साथै काठमाडौंको दृश्यावलोकन गरेका छन्। 

काठमाडौं परिसरका प्रवक्ता रिजालले ज्याक मा को टोलीले औपचारिक रुपमा सुरक्षा नमागेको बताए। 

उनका अनुसार परिसरको टोलीले ज्या मा सहितको टोलीलाई आवश्यक सुरक्षा दिने काम भइरहेको छ। 

उनको टोली १५ दिने भिजिट भिसामा नेपाल आएको हो। ज्याक मा ले नेपालका प्रधानमन्त्रीसहितलाई पनि भेट्ने बताइएको छ।

उनी चितवनको मेघौली पनि पुग्ने भनिए पनि त्यसको औपचारिक जानकारी आइसकेको छैन। नेपाल बसाइ सकेपछि उनी पाकिस्तान जानेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .