ad ad

समाज


विपद् सहयोगको नाममा होडबाजी नगर्न सरकारको आग्रह

विपद् सहयोगको नाममा होडबाजी नगर्न सरकारको आग्रह

नेपालखबर
असार १४, २०८० बिहिबार १६:४, काठमाडौँ

सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ।

विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ।

बिहीवारबाट शुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा सेयर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताए।

उनले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे।

उनले भने, ‘विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ। यसलाई रोक्नुपर्छ।’

उनले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए। उनले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि बताए।

उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थहरुको पनि विपद् व्यवस्थापन र न्यूनीकरणका लागि सहयोगको आवश्यकता रहेको बताए।

विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .